जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत
मेरोन्यूज
२०८१ साउन ७ गते १९:२१

जुम्ला । सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ । सङ्घबाट पुँजीगततर्फ छ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिए ।
सङ्घीय सरकारले चालु खर्चका लागि पाँच अर्ब २२ करोड पाँच लाख विनियोजन गरेकोमध्ये ९२ दशमलव ७८ प्रतिशत खर्च भएको छ । विनियोजित कूल बजेटको जम्मा ८८ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ ।
असार भित्रमात्र जिल्लाको पुँजीगत खर्च ४१ दशमलव ४१ प्रतिशत भएको छ । असारमा चालु खर्च १३ दशमलव १३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेको छ ।
सम्बन्धित
















इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया