मंगलबार, मंसिर १६, २०८२

साउन २७ गते आइतबार,कस्ताे रहला आजकाे दिन ?हेर्नुहाेस राशिफल

मेरोन्यूज २०८१ साउन २७ गते ६:४१

२०८१, साउन २७ गते आइतवार

साउन शुक्ल षष्ठी

पञ्चाङ्ग: शुभ तैतल चित्रा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

प्रतिक्रिया