आकस्मिक बाढीमा उत्तरी थाइल्यान्डमा २ हात्तीको मृत्यु

काठमाडौँ । थाइल्यान्डको लोकप्रिय पर्यटकीय स्थल च्याङ माईमा आएको आकस्मिक बाढीमा डुबेर दुई हात्तीको मृत्यु भएको उनीहरूको आश्रयदाताले आइतबार बताएका छन् । बाढीका कारण स्थानीय अधिकारीहरूले पर्यटकहरूलाई होटलहरूबाट खाली गराए र सहरको केन्द्रमा रहेका पसलहरू बन्द गरेका छन् ।
दादा नाम बताउने कर्मचारीले च्याङ माई प्रान्तको एलिफेन्ट नेचर पार्कमा रहेका एक सयभन्दा बढी हात्तीलाई तीव्र गतिमा बढिरहेको बाढीको पानीबाट उच्च स्थानमा सारिएको बताए।
यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार १६ वर्षीया फहसाई र ४० वर्षीय प्लोइथोन (अन्धो) नामक दुई हात्ती शनिबार मृत फेला परेका थिए ।
“मेरो सबैभन्दा खराब सपना त्यतिबेला सत्य भयो जब मैले आफ्ना हात्तीहरू पानीमा तैरिरहेको देखेँ”, आगामी वर्षको मनसुनअगावै उनीहरूलाई उच्च स्थानमा सार्ने प्रतिबद्धता जनाउँदै उत्तरी थाइल्यान्डमा एलिफेन्ट नेचर पार्कका निर्देशक सेन्दुएन चाइलर्टले स्थानीय सञ्चारमाध्यमलाई भने, “म फेरि यस्तो हुन दिन्नँ, म उनीहरूलाई यस्तो बाढीबाट पुनः भाग्न लगाउँदिन ।”
च्याङ माई सहरको केन्द्रमा मानिसहरू राति बजारमा घुँडासम्म आउने हिलो पानीमा हिँडिरहेका थिए । अहिले बन्द गरिएको केन्द्रीय रेल स्टेसनमा पानी पसेको छ ।
पर्यटकहरूलाई होटलहरूबाट खाली गर्न बाध्य बनाइयो । एक स्थानीय टेलिभिजन स्टेसनले एक भिक्षुलाई बाढीको पानीबाट शव बोकेर दाहसंस्कार स्थलमा लगिरहेको देखाएको थयो ।
जिल्ला कार्यालयका अनुसार हालैको भारी वर्षाका कारण पिङ नदीको सतह ‘सङ्टकपूर्ण’ स्तरमा पुगेपछि उत्तरी थाइल्यान्डका केही भागमा ठूलो बाढी आएको छ । पानीको सतह शनिबार उच्च विन्दुमा पुगेको थियो र आइतबार केही कम भएको थियो ।
सेप्टेम्बरको सुरुमा यागी आँधीले थाइल्यान्डको उत्तरी प्रान्त ठूलो बाढीको चेपटामा परेको थियो । एउटा जिल्लामा ८० वर्षमा सबैभन्दा विनाशकारी बाढी आएको बताइएको छ । हाल २० प्रान्तमा बाढी आएको प्रकोप रोकथाम तथा न्यूनीकरण विभागले आइतबार बताएको छ ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया