तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन चाँडै काम थालिने

काठमाडौँ । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ ।
भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो । त्यसक्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाए ।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सघाउने प्रतिबद्धता जनाएका छन् । अब केही समयमा यसबारे दिव्पक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटाले जानकारी दिए ।
मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ’, भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
















एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया