कांग्रेस र एमाले गिभ एण्ड टेक : रवि पक्राउपछि दल विभाजन अध्यादेशकाे तयारी

काठमाडौं । केहि दिनदेखि रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने र नगर्ने तथा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने कि नल्याउने भन्नेबारेमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच तिब्र विवाद थियो । एमाले रवि लामिछाने पक्राउको विपक्षमा थियो भने कांग्रेस कुनै हालतमा पक्राउ गर्नुपर्ने पक्षमा थियो । त्यस्तै एमाले दल विभाजन सम्बन्धि अध्यादेशकाे पक्षमा थियो भने कांग्रेस विपक्षमा । यही विषयले सरकार ढल्नेसम्मकाे अवस्था पुगेको थियाे ।
कांग्रेसले लामिछानेलाई कुनैपनि हालतमा पक्राउ गर्नुपर्ने दबाब प्रधानमन्त्री ओलीलाई दिएको थियो । विशेषत कांग्रेस महामन्त्री गगन थापाको विशेष जोड यसमा थियाे । साे जाेडमा परराष्ट्रमन्त्री डा आरजु राणाकाे पनि साथ थियाे । भुटानी शरणार्थी काण्ड र टिकापुर जग्गाकाण्डमा आफुलाई लामिछानेले पक्राउ गर्न खोजेको राणालाई तुष रहेकाे छ । लामिछाने पक्राउ नपरे आफ्नो राजनीतिक जिवननै धरापमा पर्ने डर गगन थापालाई थियाे ।
आफ्नो समूहका शेखर कोइराला वर्तमान सरकार हटाउने खेलमा लिप्त भइरहँदा पछिल्लोसमय महामन्त्री थापा भने सभापति देउवाकाे निकट रहेर लामिछानेलाई पक्राउ गर्न दवाव दिइरहेका थिए । त्यस्तै एमाले नेताहरूलाई पनि लामिछाने पक्राउ गरे आफु सरकार ढाल्न शेखरको पछि नलागी वर्तमान सरकारकै निरन्तरताको पक्षमा लाग्ने लोभ गगनले देखाइरहेका थिए । अर्कोतर्फ एमालेलाई पनि कुनै हालतमा दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनु थियाे । विशेषत: माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एस)लाई कुनै हालतमा फुटाउने प्रधानमन्त्री ओलीको चाहना थियो ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेकाे अशाेक राई नेतृत्वको जसपालाई समेत वैधानिकता दिनुथियाे । ‘जसपा नेपाल’ बाट विभाजित ‘जसपा’ का सात र एकीकृत समाजवादीबाट विभाजित पाँच गरी १२ सांसद एमालेमा थपेर ओली सबैभन्दा ठुलाे दल एमालेलाई बनाउने याेजनामा छन् । जसमा कांग्रेस सभापति देउवाले ग्रिन सिग्नल दिन आनाकानी गरिरहेका थिए । अन्तत: शुक्रबार दुई दलबिच गिभ एण्ड टेकमा सहमति भएको एमाले उच्चस्राेत बताउँछ ।
कांग्रेसले भनेअनुरुप लामिछाने पक्राउ गर्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तयार भए । त्यस्तै एमालेले भने अनुरुप अध्यादेश ल्याउन कांग्रेस सभापति देउवा तयार भएका छन् । लामिछाने पक्राउपछिकाे आन्दोलनको माहोल हेरेर अध्यादेश सम्बन्धि निर्णय गर्न प्रधानमन्त्री ओली र सभापति देउवा तयार भएका छन् । आन्दोलनले उग्ररुप लिए अध्यादेश केहिदिन ढिलाे ल्याउने तर आन्दोलन सामान्य भए अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दल विभाजनको अध्यादेश ल्याउने शिर्षतहमै समझदारी बनेको छ । पछिल्ला दिनमा नयाँ सत्ता समिकरणका लागि गहन छलफल सुरु भइसकेका थिए ।
शुक्रबार दुई दलको याे सहमतिसँगै तत्काललाई सरकार ढल्ने सम्भावना पछाडि धकेलिएको छ । सत्तारूढ दलभित्रको विवादपछि सत्ता यात्राको आशामा रहेको माओवादी केन्द्र रोकिएको छ । कांग्रेस र एमाले मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश भएकाे छ । मन्त्रिपरिषदमा अध्यादेश ल्याउन सहमति दिएर अर्काेतर्फ राष्ट्रपति रामचन्द्र पाैडेलमार्फत कांग्रेस सभापति देउवाले अध्यादेश राेक्नेहुन् कि भन्ने चिन्ता भने एमालेवृत्तमा अझै छ ।

















Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया