जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन

काठमाडौँ। जलवायु न्यायको लागि जलवायु अभियन्ता, अधिकारकर्मीहरुले विश्वव्यापी प्रदर्शनको आयोजना गरेका छन् ।
ब्राजिलको बेलेममा भइरहेको संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप–३० मा सामाजिक, वातावरणीय, आदिवासी र मानवअधिकारको सवाल पनि उठाउन सम्बन्धित देशहरुलाई जागरुक बनाउने उद्देश्य र मागसहित नेपाललगायत विश्वभरका हजारौं जलवायु अभियन्ताहरुले विश्वव्यापी प्रदर्शनमा सहभागीता जनाएका हुन् ।
एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टले कोप–३०को सम्मेलनको अवसरमा जलवायु न्यायको लागि एसियाभरमा देशहरुमा एकसाथ प्रदर्शनको संयोजन गरेको हो ।
एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टका संयोजक लिडी नेकपिलले जलवायु न्यायका लागि विश्वभरका अभियन्ताले एकैपटक प्रदर्शन गरेर जलवायु परिवर्तनको असर कम गर्नुपर्ने, खाद्य सुरक्षा, र सार्वजनिक स्वास्थ्य जस्ता साझा मुद्दाहरूलाई सम्बोधन गर्न सकारात्मक दबाब सिर्जना गरिएको बताइन् ।
नेपालमा, श्रमिक, ग्रामीण समुदाय र जलवायु न्यायका पक्षधरहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूले प्रदर्शनमा सहभागीता जनाएर पग्लिरहेको हिमनदी, अनियमित मनसुन, बाढी र खेतीमा परेको प्रभाव कम गर्दै जलवायु वित्त पाउनुपर्ने माग राखेका छन् ।
प्रदर्शनीमा सहभागी नेपाल ट्रेड युनियन महासङ्घले जलवायु परिवर्तनबाट प्रभावित नेपाली श्रमिक, महिला, सिमान्कृत वर्गलाई उर्जा नविकरण, रोजगारीको विकल्पको व्यवस्था गरेर सुरक्षित जीविकोपार्जन, उचित तालिम र बलियो सामाजिक सुरक्षा दिनुपर्ने जनाएको छ ।
ग्रामीण पुनर्निर्माण नेपालका बौद्धिक व्यवस्थापक निक्की श्रेष्ठले जलवायुको प्रभावले खेतीपाती किराको प्रकोप बढेको, सिंचाई तथा खानेपानीका स्रोत सुक्दा समस्यामा परेकोले स्थानीयको जीवनशैलीमा परेको प्रतिकुल असर कम गर्नुपर्नेमा जोड दिइन् ।
विश्वभरका सामाजिक र वातावरणीय अभियन्ताहरुले हजारौं मानिसहरू जलवायु सङ्कटका प्रभावहरूसँग सङ्घर्ष गर्नुपरेकोले कार्वन उत्सर्जन घटाउनुपर्ने जलवायु वित्तको वितरणमा पारदर्शीताको मागसहित विश्वभरका प्रमुख शहरहरूमा स्थानीय समुदायले प्रदर्शन गरेका छन् ।
विश्वका १६ देशहरूमा एकसय भन्दा बढी जुलुस, प्रदर्शन र कार्यक्रमहरू आयोजना गरेर अभियन्ताहरुले जलवायु परिवर्तनमा नीतिगत असमानता, वातावरणीय क्षतिमा मौलाईरहेको दण्डहीनताको निन्दा गर्नुपर्ने प्लेकार्डसहित सहभागिता जनाएका छन् ।
कोप ३० मा सहभागी राष्ट्रहरूले कार्वन उत्सर्जन कटौती गर्न प्रतिबद्धता जनाउनुपर्ने, कार्वन उत्सर्जन नगर्ने देशलाई जलवायु वित्त प्रदान गर्न, जलवायु वित्त कोष सञ्चालन गर्न, र भुमिगत ईन्धनको प्रयोग घटाउनुपर्ने मागसहित आयोजित प्रदर्शनमा एसियाका फिलिपिन्स, भारत, बङ्गलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी सहरहरुमा करिब १० हजार अभियन्ताहरुले सहभागिता जनाएका छन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया