२२ अंकले बढ्यो सेयर बजार, कारोबार कति ?

काठमाडौं । साताको दोस्रोदिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार नेप्से परिसूचक २२ दशलमव १४ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको हो ।
यसदिन १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै अरुण भ्याली हाइड्रोको २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।















आज शनिबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया