शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा वकिल पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १५:२५

नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको छ ।
छत्तीसगढको राजधानी रायपुरबाट पक्राउ पर्नेमा फैजान खान नामका वकिल रहेको बताइएको छ । गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई नोभेम्बर ११ मा बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो ।
नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिँदै ५० लाख भारु मागेको रायपुरका एक प्रहरी अधिकारीले बताएका छन् । यो धम्की आएपछि प्रहरीले फोन गर्ने ती अज्ञात व्यक्ति विरुद्ध भारतीय न्याय संहिताको धारा ३०८ र ३५१ अनुसार मुद्दा दर्ता गरेको थियो । धम्की आएको फोनको सिमकार्ड रायपुरका फैजान खानको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सम्बन्धित














उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया