अनर एक्स७सी नेपालमा सार्वजनिक, पहिलो २ हजार ग्राहकलाई निःशुल्क स्मार्ट वाच

काठमाडौं । अनरले मध्यस्तरीय श्रेणीको उत्कृष्ट फोन अनर एक्स७सी बजारमा ल्याएको छ।
लामो ब्याट्री लाइफ, ठूलो स्टोरेज, स्पष्ट फोटोग्राफी रहेको फोनमा फाइभ स्टार ड्रप प्रतिरोध भएको कम्पनीको दाबी छ। यद्यपि यो डेढ मिटरको उचाइबाट गरिएको ड्रप परीक्षण हो।
फोनमा ३६० डिग्री एन्टी ड्रप प्रोटेक्शन, धुलो र पानी प्रतिरोधका लागि आईपी६४ रेटिङ छ भने ६ हजार मिलि एम्पिएरको शक्तिशाली ब्याट्री पनि छ।
३०० प्रतिशतसम्म ठूलो आवाज दिने डुअल स्टीरियो स्पिकरले सेकेन्डरी स्पिकरको पनि आवश्यकता हटाउनले कम्पनीको दाबी छ। फोनमा अल्ट्रा-पावर-सेभिङ्ग मोड प्रयोग गर्दा २ प्रतिशत ब्याट्रीमा पनि ७५ मिनेटसम्म कल गर्न सकिनेछ।
कम्पनीले अहिले यी सबै विशेषतासहितको अनर एक्स७सी फोन अफरसहित २४ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराएको छ। यसका साथै नि:शुल्क स्कीकेई जीटी वाच पनि पाउनेछन्।
यो फोन अनलाइनमार्फत दराज, जीभी र हुकुट स्टोरबाट किन्न सकिनेछ। यसका अलावा नजिकैको मोबाइल पसल वा सीटीसी मलको पाँचौं तलमा रहेको अनरको अधिकृत स्टोरमा पनि उपलब्ध छ।














इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया