सोमबार, वैशाख १४, २०८३

लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

मेरोन्यूज २०८१ मंसिर १ गते १२:५८

लुम्बिनी । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ।

Advertisement
NiccNicc

लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको हो।

क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे।

जर्सीको सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गने र निलो रङ्गले सम्पूर्ण नेपालको शान्ती र समृद्धिको भावना बोकेको लुम्बिनी लायन्सले जनाएको छ।

जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए।

प्रतिक्रिया