सोमबार, चैत २, २०८२

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

मेरोन्यूज २०८१ मंसिर ६ गते १९:४१

काठमाडौं। बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बीवाईडी को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउने कम्पनीको दाबी छ। विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ।

साइमेक्स इन्कले बीवाईडीका बीवाईडी अट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सिलजस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ।

यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेको कम्पनीको भनाइ छ।

‘बीवाईडी को ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मिहिनेत र ग्राहकहरूको विश्वासको प्रमाण हो। सँगसँगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउन मद्दत गर्दै छु’, साइमेक्स इन्कका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने, ‘बीवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय-केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ।’

प्रतिक्रिया