रश्मिका मन्दानाको ८ वर्ष पुरानो इन्गेजमेन्टको भिडियो भाइरल, काे सँग भएकाे थियाे ?

काठमाडाैं । भारतीय अभिनेत्री रश्मिका मन्दानाको एउटा पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा रश्मिका इन्गेजमेन्ट भएको देखिएकी छिन् । वास्तवमा यो भिडियो ८ वर्ष पुरानो हो । जसमा अभिनेत्री रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेको देखिएकी छिन् ।
रश्मिकाले सन् २०१६ मा रक्षित शेट्टीको अपोजिट भूमिकामा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट आफ्नो करियर सुरु गरेकी थिइन्। दुवैले फिल्मको सुटिङका क्रममा डेटिङ सुरु गरेका थिए र ३ जुलाई २०१७ मा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टका बेला रश्मिका २१ वर्षकी थिइन् भने रक्षित शेट्टी ३४ वर्षको थिए । दुवैको उमेरमा करिब १३ वर्षको अन्तर थियो ।
रश्मिका र रक्षितको सम्बन्ध लामो समय टिक्न सकेन इन्गेजमेन्टकाे एक वर्षपछि सेप्टेम्बर २०१८ मा उनीहरुको सम्बन्ध टुट्न पुग्याे । उनीहरु दुबैले आफ्नो सम्बन्ध टुट्नुको कारणबारे कहिल्यै खुलाएनन् ।
उनीहरुको सम्बन्ध टुटेपनि दुवै एकअर्काको सम्पर्कमा छन् । केहिसमयअघि इन्डियन एक्सप्रेससँगको कुराकानीमा रक्षितले भनेका थिए, ‘म र रश्मिका कहिलेकाहीँ एकअर्कालाई म्यासेज गर्छु । हाम्रो कुनै पनि फिल्म रिलिज हुँदा एक अर्कालाई शुभकामना दिन्छौं ।’
रक्षित शेट्टी एक अभिनेता र फिल्म निर्माता हुन् । उनको फिल्म ‘रिचर्ड एन्थोनी: लर्ड अफ द सी’ नोभेम्बर २९ मा रिलिज हुँदैछ। उनी यस फिल्मको मुख्य कलाकार हुन् र यस फिल्मको निर्देशन पनि उनले गरेका छन् । सन् २०२२ मा रक्षितले फिल्म ‘७७७ चार्ली’का लागि राष्ट्रिय पुरस्कार पाएका थिए।
पछिल्लाे समय रश्मिकाको नाम साउथ स्टार विजय देवरकोंडासँग जोडिएको छ । दुवैले धेरै फिल्ममा सँगै काम गरेका छन् । र उनीहरुको जोडीलाई फ्यानहरुले निकै रुचाएका छन् ।
रश्मिकाको कामको कुरा गर्दा उनको फिल्म ‘पुष्पा २ : द रुल’ आगामी डिसेम्बर ६ मा हलमा रिलिज हुँदैछ । यस फिल्ममा अभिनेत्री फेरी एकपटक श्रीवल्लीको भूमिकामा देखिनेछिन् । फिल्ममा उनीसँग साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया