रश्मिका मन्दानाको ८ वर्ष पुरानो इन्गेजमेन्टको भिडियो भाइरल, काे सँग भएकाे थियाे ?

काठमाडाैं । भारतीय अभिनेत्री रश्मिका मन्दानाको एउटा पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा रश्मिका इन्गेजमेन्ट भएको देखिएकी छिन् । वास्तवमा यो भिडियो ८ वर्ष पुरानो हो । जसमा अभिनेत्री रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेको देखिएकी छिन् ।
रश्मिकाले सन् २०१६ मा रक्षित शेट्टीको अपोजिट भूमिकामा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट आफ्नो करियर सुरु गरेकी थिइन्। दुवैले फिल्मको सुटिङका क्रममा डेटिङ सुरु गरेका थिए र ३ जुलाई २०१७ मा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टका बेला रश्मिका २१ वर्षकी थिइन् भने रक्षित शेट्टी ३४ वर्षको थिए । दुवैको उमेरमा करिब १३ वर्षको अन्तर थियो ।
रश्मिका र रक्षितको सम्बन्ध लामो समय टिक्न सकेन इन्गेजमेन्टकाे एक वर्षपछि सेप्टेम्बर २०१८ मा उनीहरुको सम्बन्ध टुट्न पुग्याे । उनीहरु दुबैले आफ्नो सम्बन्ध टुट्नुको कारणबारे कहिल्यै खुलाएनन् ।
उनीहरुको सम्बन्ध टुटेपनि दुवै एकअर्काको सम्पर्कमा छन् । केहिसमयअघि इन्डियन एक्सप्रेससँगको कुराकानीमा रक्षितले भनेका थिए, ‘म र रश्मिका कहिलेकाहीँ एकअर्कालाई म्यासेज गर्छु । हाम्रो कुनै पनि फिल्म रिलिज हुँदा एक अर्कालाई शुभकामना दिन्छौं ।’
रक्षित शेट्टी एक अभिनेता र फिल्म निर्माता हुन् । उनको फिल्म ‘रिचर्ड एन्थोनी: लर्ड अफ द सी’ नोभेम्बर २९ मा रिलिज हुँदैछ। उनी यस फिल्मको मुख्य कलाकार हुन् र यस फिल्मको निर्देशन पनि उनले गरेका छन् । सन् २०२२ मा रक्षितले फिल्म ‘७७७ चार्ली’का लागि राष्ट्रिय पुरस्कार पाएका थिए।
पछिल्लाे समय रश्मिकाको नाम साउथ स्टार विजय देवरकोंडासँग जोडिएको छ । दुवैले धेरै फिल्ममा सँगै काम गरेका छन् । र उनीहरुको जोडीलाई फ्यानहरुले निकै रुचाएका छन् ।
रश्मिकाको कामको कुरा गर्दा उनको फिल्म ‘पुष्पा २ : द रुल’ आगामी डिसेम्बर ६ मा हलमा रिलिज हुँदैछ । यस फिल्ममा अभिनेत्री फेरी एकपटक श्रीवल्लीको भूमिकामा देखिनेछिन् । फिल्ममा उनीसँग साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया