सोमबार, पुष ७, २०८२

सुनको मूल्य तोलामा ९ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८१ मंसिर १२ गते १०:५५

काठमाडौँ । नेपाली बजारमा आज भने सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो प्रतितोला चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया