सोमबार, चैत ३०, २०८२

भरतपुर अस्पतालमा योग कक्षा सञ्चालन

मेरोन्यूज २०८१ मंसिर २१ गते १५:५१

चितवन । यहाँको भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई उपचारसँगै योग कक्षा सञ्चालनमा ल्याइएको छ । मङ्सिर ७ गतेदेखि अस्पतालले योग कक्षा सञ्चालनमा ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन्। बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उनले बताए।

अहिले दैनिक २० देखि २५ जनाले यो कक्षामा सहभागिता जनाउने गरेका प्रवक्ता डा सापकोटाले जानकारी दिए। उनले भने, “अस्पतालमा उपचारका लागि लामो समयसम्म बस्नुपर्ने बिरामी र कुरुवालाई लक्षित गरी निःशुल्क रूपमा यो सेवा दिइएको हो ।”

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलले योग कक्षा बिरामी र बिरामीका आफन्तलाई मात्रै नभएर बिस्तारै कर्मचारीहरूलाई पनि दिइने बताउनुभयो । सुरुआतमा मेडिकल वार्डका बिरामीलाई योग कक्षामा जोडिएको भन्दै उनले बिस्तारै शल्यक्रिया गरेकाबाहेक अन्य बिरामी र तीनका आफन्तलाई पनि जोड्ने बताए।

मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले भने, “उपचार भनेको सुई लगाउने र औषधि खुवाउने मात्रै नभएर यसमा योग र नियमित व्यायाम पनि पर्दछन् ।” योगले मानिसलाई फूर्तिलो बनाउने र उपचारमा समेत सहयोगी बन्ने उनले बताए । अस्पतालको बसाई छोटो बनाउन पनि योग आवश्यक हुने उनको भनाइ छ ।

अहिले अस्पतालले निःशुल्क नाम दर्ता र कक्षा सञ्चालन गर्दै आएको छ । डा पौडेलले भने, “अस्पतालका कर्मचारी एक जना योग सिकेर आएका छन् । अहिले उनले कक्षा सञ्चालन गर्दै हुनुहुन्छ ।” बिस्तारै आयुर्वेद अस्पताल, पतञ्जली जस्ता संस्थासँग जोडिएर यस्ता कक्षाहरू नियमित रूपमा सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया