शुक्रबार, चैत ६, २०८२

मनोरञ्जन तथा सत्कार व्यवसायलाई मर्यादित रोजगारीको क्षेत्रको रुपमा विकास गर्न सकिने

मेरोन्यूज २०८१ मंसिर २१ गते १९:५०

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवाको क्षेत्रको रोजगारीलाई मर्यादित बनाउन सके स्वदेशमै सम्माजनक रोजगारीको अवसर सिर्जना हुने सरोकारवालाले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा विश्वास नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा विश्वास नेपालले सञ्चालन गरेको अप्सरा परियोजनाको समिक्षा तथा आगामी योजना विषयमा छलफल गर्दै वक्ताहरुले रात्रीकालिन व्यवसायमा मर्यादित श्रमको वातावरण हुुनुपर्नेमा जोड दिएका हुन् ।

बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले सो परियोजना सम्बन्धी समिक्षा प्रस्तुत गर्दै नेपालमा रात्रीकालिन व्यवसायहरु डान्सबार, क्लव, दोहोरी साँझ, खाजाघर, रेष्टुरेण्टलगायतले न्युनतम दक्षता भएकालाई पनि काम गर्ने अवसर दिएर सिर्जना गरेको रोजगारीलाई दिगो बनाउन व्यवसायी र श्रमिकले मर्यादित श्रमको वातावरण बनाउन काम गर्नुपर्ने बताए ।

मनेरञ्जन क्षेत्रमा कार्यरत शान्ती माया लामाले मनोरञ्जन क्षेत्रमा काम गर्दाको अनुवभ सुनाउदै भने,“मनोरञ्जन क्षेत्रमा काम गर्दा अहिले पनि साप्ताहिक बिदा नपाउने, श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक नपाएको, सामाजीक सुरक्षा कोष, ट्रेड युनियनको बारेमा मनोरञ्जन क्षेत्रका श्रमिकलाई जानकारी छैन ।”

राष्ट्रिय लोकदोहोरी सङ्घका अध्यक्ष बिनोद श्रेष्ठले करिब आठ लाखभन्दा धेरै रोजगारी सिर्जना गर्ने रात्रीकालिन मनोरञ्जनको क्षेत्रका लागि स्पष्ट नीति, कानुनकै अभावमा चलाउन वाध्य रहेको बताए।

उनले व्यवसाय, श्रमिक वा अन्य विषयमा समस्या आउँदा समाधानका लागि जाने निकायको समेत अभावमा पनि राज्यलाई कर तिरेर, सामान्य साक्षरदेखि कलाकारलाई समेत यस क्षेत्रले रोजगारी दिइरहेको बताए ।

अध्यक्ष श्रेष्ठले मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रका व्यवसायीले आफ्नो व्यवसायलाई मर्यादित बनाउने अभ्यास गरिरहेको र सबै व्यवसायी सचेत बनाउन स्थानीय निकायले मनोरञ्जन क्षेत्रमा भएको विकृतीलाई कम गर्न अनुमगन गर्दै नियममा रहेकालाई प्रोत्साहन र अन्यलाई सचेत, जरिवाना गर्न सक्नुपर्ने बताएका छन् ।

बिश्वास नेपालका अध्यक्ष तारा भण्डारीले मनेरञ्जन तथा सत्कार क्षेत्र विगतको अवस्था राम्रो भएको बताइन् ।

उनले यस क्षेत्रले थोरै पढाई र काम नै नजानेको अवस्थामा पनि रोजगारी दिएकोले धेरैको घर पनि चलेको र राजधानीमा बसेर उच्च शिक्षा हासिल गर्न र कलाकार बन्ने मञ्च समेत दिने सकारात्मक पाटोलाई अब मर्यादित बनाउँदै व्यवसाय र श्रमिकको हितका लागि विश्वासले पैरवी गरिरहेको जानकारी दिइन् ।

उनले यस क्षेत्रका लागि स्पष्ट कानुन नबनेको अवस्थालाई राज्यको ध्यानाकर्षण गराउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने र देशलाई राजस्व समेत तिर्ने रात्रीकालिन मनोरञ्जनको व्यवसाय र श्रमिकमैत्री नीति बनाउन ढिला भइसकेको बताइन् ।

प्रतिक्रिया