त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध

त्रिशूली (नुवाकोट) । त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नि:शुल्क गरिएको छ ।
एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रूपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।
“नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेशिक सरकारी अस्पतालमा नाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको छ”, उनले भने “बहिरंग सेवा (ओपिडी)नि:शुल्क गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा सेवा दिने योजना छ ।”
अहिले पाक्षिक रूपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएका रोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको छ । नि:शुल्क विशेषज्ञ सेवा अस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमा आवश्यक तयारी अघि बढाइएको छ ।
ओपिडी चाँजबाट पहिचान भएकामध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र नाकमा मासु पलाएकालगायतका नाक, कान र घाटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागिएको हुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रूपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक डा।लामाको भनाइ छ ।


















शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया