जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस भएन : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् ।
आज पार्टीद्वारा आयोजित ‘नेपालमा जलश्रोतको चुनौती र समाधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पुर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने बिषय प्रधान हुन नसक्ने भन्दै पुर्ब उर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता ब्यक्त गरे ।
जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिंचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनितीक दलहरुमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्युनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाब समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे ।
कार्यक्रममा जलश्रोत बिज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्ब प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यायले राजनितीकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए । बिदेशीहरुको स्वार्थ केन्द्रित भएर नेपालका दलहरु सकृय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पुर्ब सचिब, बिज्ञ, सन्चारकर्मी र सरोकारवालाहरुले प्रस्तुत कार्यपत्र माथी टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया