साउथ स्टार अल्लु अर्जुनको घरमा आक्रमण

काठमाडौं । अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घरमा तोडफोड भएको छ ।
उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले अल्लुको घर बाहिर तोडफोड गरेका हुन् । यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
यी व्यक्तिहरु अभिनेताको घरमा जबरजस्ती पस्न खोजिरहेका थिए । उनीहरुलाई रोकेपछि घरबाहिर राखिएको गमलाहरु तोडेका थिए ।
सोमबार बिहान मुद्दामा संलग्न ६ अभियुक्तले जमानत पाएका छन्।
प्रहरीका अनुसार अल्लु अर्जुनको घरमा तोडफोड गर्ने ८ जनामध्ये ६ जनालाई आज बिहान हैदराबाद अदालतमा पेश गरिएको थियो, जहाँबाट उनीहरूले जमानत पाएका थिए। अदालतले अभियुक्तलाई जनही १० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ ।
पुष्प–२ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएका महिलाको परिवारलाई एक करोड क्षतिपूर्ति दिन विद्यार्थीले माग गरेका छन् ।
अभिनेताले मृतक रेवतीका परिवारलाई २५ लाख रुपैयाँ दिने बताइसकेका छन् । साथै घाइतेहरुको पनि आफ्नै खर्चमा उपचार भइरहेको बताएका छन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया