साउथ स्टार अल्लु अर्जुनको घरमा आक्रमण

काठमाडौं । अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घरमा तोडफोड भएको छ ।
उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले अल्लुको घर बाहिर तोडफोड गरेका हुन् । यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
यी व्यक्तिहरु अभिनेताको घरमा जबरजस्ती पस्न खोजिरहेका थिए । उनीहरुलाई रोकेपछि घरबाहिर राखिएको गमलाहरु तोडेका थिए ।
सोमबार बिहान मुद्दामा संलग्न ६ अभियुक्तले जमानत पाएका छन्।
प्रहरीका अनुसार अल्लु अर्जुनको घरमा तोडफोड गर्ने ८ जनामध्ये ६ जनालाई आज बिहान हैदराबाद अदालतमा पेश गरिएको थियो, जहाँबाट उनीहरूले जमानत पाएका थिए। अदालतले अभियुक्तलाई जनही १० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ ।
पुष्प–२ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएका महिलाको परिवारलाई एक करोड क्षतिपूर्ति दिन विद्यार्थीले माग गरेका छन् ।
अभिनेताले मृतक रेवतीका परिवारलाई २५ लाख रुपैयाँ दिने बताइसकेका छन् । साथै घाइतेहरुको पनि आफ्नै खर्चमा उपचार भइरहेको बताएका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया