नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित
मेरोन्यूज
२०८१ पुष ९ गते १३:२६

सुनसरी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।
इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट थापा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।
थापाले ७६२ मत पाउँदा कार्कीले ४५३ मत मात्रै ल्याए ।
यस्तै, कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया