शुक्रबार, वैशाख १९, २०८२

उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८२ वैशाख १८ गते २१:१५

काठमाडौं । उदयपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटना भएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं ६ सोमबारेमा स्कर्पियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएका छ ।

घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं‍ ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया