एसईईको फारम खुल्यो
मेरोन्यूज
२०८१ पुष १२ गते १३:४१

काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आवेदन फारम खुला भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आज पुस १२ देखि माघ १२ गतेभित्र परीक्षा दस्तुर ५ सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।
रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएकाे छ ।
हेर्नुहाेस् सूचना :

सम्बन्धित
प्रतिक्रिया