बुधबार, वैशाख १७, २०८२

मोहन वैद्य अस्पताल भर्ना

मेरोन्यूज २०८१ पुष १२ गते १४:१०

काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रतिक्रिया