औँला पड्काउने बानी छ ? हुन सक्छन् यस्ता बेफाइदा

तपाईँले धेरै मानिसहरूलाई आफ्नो फुर्सदको समयमा आफ्नो औँलाहरू पड्काईरहेको देख्नु भएको छ । सायद तपाईँ पनि ती व्यक्तिहरू मध्ये पर्नुहुन्छ । धेरैलाई आफ्नो औँला पड्काउने बानी हुन्छ । कसैलाई पड्काउँदा आउने आवाज मन पर्छ भने कसैलाई आफ्नो औँलाहरू पड्काउँदा खुसी लाग्छ ।
तर के तपाईँले कहिल्यै सोच्नुभएको छ कि यो बानीले तपाईँको स्वास्थ्यलाई कत्तिको नराम्रो असर गर्छ ? औँला पड्काउँदा धेरै शारीरिक समस्या निम्तिन सक्छ । औँला मात्र नभई घाँटी र ढाड पड्काउने बानी पनि खतरनाक हुन सक्छ । घाँटी र ढाड पड्काउँदा जोर्नीमा खुकुलोपनको समस्या हुन सक्छ, जसलाई हाइपरमोबिलिटी भनिन्छ । यसले तपाईँको जोर्नीलाई कमजोर बनाउँछ अर्थात् घाँटी र ढाडमा सानो चोट लागे पनि यसको परिणाम घातक हुन सक्छ ।
औँला पड्काउनुका बेफाइदाहरू
वास्तवमा शरीरको जोर्नीहरूमा विशेष तरल पदार्थ हुन्छ । जब हामीले औँला वा शरीरको कुनै पनि जोर्नी (जस्तै घाँटी र ढाँड) पड्काउँछौँ, जोर्नीहरू बिचको तरल पदार्थको ग्यास निस्कन्छ र भित्र बन्ने बुलबुले फुट्न थाल्छ । यही कारण औँला पड्काउँदा आवाज सुनिन्छ । धेरै पटक तपाईँले महसुस गर्नुभएको हुनुपर्छ कि तपाईँको जोर्नीले एक्कासि चर्को आवाज आउँछ । यो तब हुन्छ जब तपाईँले औँलाहरूलाई एक्कासि पड्काउनु हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार यदि तपाईँले आफ्नो औँलाहरू धेरै पड्काउनुभयो भने, तपाईँको हातको पकड शक्ति कमजोर हुन सक्छ र तपाईँको हातमा सुन्निने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले तपाईँले आफ्नो औँलाहरू धेरै पड्काउनबाट जोगिनु पर्छ ।
आर्थ्राइटिसको जोखिम! विज्ञहरू यदि तपाईँले आफ्नो औँलाहरू पड्काउँदा कुनै दुखाइ महसुस हुँदैन भने, यसको मतलब सबै ठिक छ । तर, यदि तपाईँले आफ्नो औँलाहरू अत्यधिक रूपमा पड्काउनुभयो भयो भने त्यहाँ आथ्र्राइटिसको जोखिम हुन सक्छ ।
ढाड र घाँटी पड्काउँदा किन राम्रो लाग्छ ?
जब तपाईँ आफ्नो घाँटी र ढाड पड्काउनुहुन्छ, यसले एन्डोर्फिन निस्कन सक्छ, जुन प्राकृतिक दुखाइ निवारक हो । हामीले आवाज सुन्दा केही पक्कै भएको छ भन्ने महसुस गर्छौँ। यद्यपि यथार्थमा त्यस्तो केही हुँदैन ।
-एजेन्सीको सहयोगमा















कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया