आमिरका लगातार ८ फिल्म भएका थिए फ्लप, याे फिल्मले बदल्यो भाग्य

काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्मी करियरमा धेरै हिट फिल्म दिए । तर एक समय यस्तो थियो जब उनका ८ फिल्म फ्लप हुन पुगे। त्यसपछि इन्द्र कुमार निर्देशित फिल्म ‘दिल’ले उनको भाग्य बदल्यो ।
हालै दिएको एक अन्तर्वार्तामा निर्देशक इन्द्र कुमारले फिल्म ‘दिल’को कुरा गर्दै यो फिल्म आफ्नो र आमिरको करियरको लागि वरदान साबित भएका बताए ।
सिद्धार्थ कन्ननसँग कुरा गर्दै इन्द्र कुमारले भने, ‘कयामत से कयामत तक फिल्मपछि आमिरका आठ फिल्म फ्लप भएका थिए । उनले मिहिनेत गरेका थिए तर फिल्मको सफलता अभिनेतामा होइन निर्देशकमा भर पर्छ । यदि फिल्मले काम नगरेको भए उनीहरुको करियरमा असर पर्ने थियो । दिल नचलेको भए हाम्रो करियरमा पनि प्रश्न उठ्ने थियो ।
इन्द्रले आमिरसँग प्रतिभा रहेको बताउँदै उनलाई राम्रो अवसर चाहिएको बुझे । यसपछि उनलाई फिल्म दिल दिए । यो फिल्म गरेपछि आमिरको करियर यसरी अगाडि बढ्यो कि उनले पछाडि फर्केर हेर्नु परेन ।
फिल्म ‘दिल’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म इन्द्र कुमारले निर्देशन गरेका हुन् । यो त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म थियो। फिल्ममा आमिरसँग माधुरी दीक्षित देखिएकी थिइन् ।
आमिर खानको अन्तिम रिलिज २०२२ को लाल सिंह चड्ढा थियो। यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो, त्यसपछि आमिर खानले फिल्मबाट ब्रेक लिने घोषणा गरेका थिए । यसपछि आमिरले लापता लेडीज बनाए, जुन निकै हिट भयो । यो फिल्मलाई उनकी पूर्व पत्नी किरण रावले निर्देशन गरेकी हुन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया