आमिरका लगातार ८ फिल्म भएका थिए फ्लप, याे फिल्मले बदल्यो भाग्य

काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्मी करियरमा धेरै हिट फिल्म दिए । तर एक समय यस्तो थियो जब उनका ८ फिल्म फ्लप हुन पुगे। त्यसपछि इन्द्र कुमार निर्देशित फिल्म ‘दिल’ले उनको भाग्य बदल्यो ।
हालै दिएको एक अन्तर्वार्तामा निर्देशक इन्द्र कुमारले फिल्म ‘दिल’को कुरा गर्दै यो फिल्म आफ्नो र आमिरको करियरको लागि वरदान साबित भएका बताए ।
सिद्धार्थ कन्ननसँग कुरा गर्दै इन्द्र कुमारले भने, ‘कयामत से कयामत तक फिल्मपछि आमिरका आठ फिल्म फ्लप भएका थिए । उनले मिहिनेत गरेका थिए तर फिल्मको सफलता अभिनेतामा होइन निर्देशकमा भर पर्छ । यदि फिल्मले काम नगरेको भए उनीहरुको करियरमा असर पर्ने थियो । दिल नचलेको भए हाम्रो करियरमा पनि प्रश्न उठ्ने थियो ।
इन्द्रले आमिरसँग प्रतिभा रहेको बताउँदै उनलाई राम्रो अवसर चाहिएको बुझे । यसपछि उनलाई फिल्म दिल दिए । यो फिल्म गरेपछि आमिरको करियर यसरी अगाडि बढ्यो कि उनले पछाडि फर्केर हेर्नु परेन ।
फिल्म ‘दिल’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म इन्द्र कुमारले निर्देशन गरेका हुन् । यो त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म थियो। फिल्ममा आमिरसँग माधुरी दीक्षित देखिएकी थिइन् ।
आमिर खानको अन्तिम रिलिज २०२२ को लाल सिंह चड्ढा थियो। यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो, त्यसपछि आमिर खानले फिल्मबाट ब्रेक लिने घोषणा गरेका थिए । यसपछि आमिरले लापता लेडीज बनाए, जुन निकै हिट भयो । यो फिल्मलाई उनकी पूर्व पत्नी किरण रावले निर्देशन गरेकी हुन् ।










आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया