माओवादी केन्द्रीय समिति बैठक सुरू, सदस्यहरूले धारणा राख्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ ।
गत आइतवार देखी सुरू भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी रहेको हो ।
बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । आजका बैठकमा बोल्न बाँकी रहेका १०० जना केन्द्रिय सदस्यले धारणा राख्दैछन्। हिजो ८० जनाले धारणा राखेका थिए।
केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रिय सदस्यहरूलाइ बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ ।
प्रचण्डले युद्दकालमा र संबिधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन । गत स्थानिय तहको उपनिर्वाचनवाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचार बिरूद्द र सुशाषनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिवेदन पेश गरेका छन् ।
जसमा केन्द्रिय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशाेर पुनलाइ पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने विराेध गरिएकाे छ ।











सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया