मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
मेरोन्यूज
२०८१ पुष २५ गते १५:३७

महेन्द्रनगर (धनुषा)। मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले यही पुस ९ गतेदेखि बिमा कार्यक्रम लागू भएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले यो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताए ।
मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको उल्लेख गरे । उक्त कार्यदलले स्थानीय तहको संरचनामा सुधार र्गुपर्ने विषयमा मस्यौदा तयार पारी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।
यसैबीच प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका शिक्षा, स्वास्थ्य र यातायात मन्त्रालयका कार्यविधि पारित गरेको छ ।
सम्बन्धित

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया