आज माघ ६ गते आइतवार, कस्तो छ तपाईंको राशिफल ?

आज २०८१ साल माघ ६ गते आइतवार माघ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जनवरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू हावी हुनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
वृष : सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। नयाँ कार्य प्रारम्भ गर्दा लाभ मिल्नेछ। पशुधन वा कृषि क्षेत्रबाट आय आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा भावनाको आधारमा निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा बाधा हुनेछ। सरकारी नोकरीमा प्रभाव बढ्नेछ। आफन्तहरूको साथ सहयोग मिल्ला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि मातापिताको सल्लाह लिनुहोला सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
सिंह : बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
कन्या : दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला : कार्यक्षेत्रमा नयाँ कार्यमा हात हाल्नु अघि योजना बनाएर कार्य प्रारम्भ गर्नुहोस्। आज परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन्छ। आशा देखाएर आफ्नो काम निकाल्नेहरूलाई चिन्ने प्रयास गर्नुहोला। अनलाइन खरिदमा धोखा हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो कार्य आफैंले पूरा गर्नुहोला अरुमाथि विश्वास नगर्नुहोस्। शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु : रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। स्वास्थ्यमा खानपानको ध्यान राख्नुहोला। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको अवसर मिल्नेछ र मित्रवर्गहरूको सहयोग पनि प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मकर : लक्ष्यमा ध्यान केन्द्रित गरेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरू स्थापित हुनेछ। विविध पहिरन वा परिकारमा रमाउने अवसर मिल्नेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : सामाजिक दायित्व निर्वहनमा बाधा हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। समाज वा घरपरिवारको साथै नयाँ आशा पलाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन :समाजमा पद प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा सोचेजस्तो सफलता मिल्ला। दाम्पत्य जीवन सुखद र सुमधुर रहनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउने अवसर मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिख्ने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।















PM Karki extends best wishes on Sonam Lhosar
मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया