बिहीबार, फागुन १, २०८१

इजरायलले सार्वजनिक गर्‍यो हमासले रिहा गर्नुपर्ने ३३ बन्धकको सूची, पहिलो चरणमा परेनन् विपिन

मेरोन्यूज २०८१ माघ ६ गते १६:२८

काठमाडौं । हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।

Advertisement

इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको हाे ।

यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश रहेकाे बीबीसीले जनाएकाे छ ।

जसअनुसार सबैभन्दा पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर रहेका छन् भने कान्छा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास रहेका छन् ।

हमासले युद्धविराम सम्झौता अन्तर्गत ३ जना इजरायली बन्धकको नाम सार्वजनिक गरेसँगै इजरायलले आफ्ना थप ३३ जना नागरिकको नाम सार्वजनिक गरेको हो ।

इजरायलले सार्वजनिक गरेको पहिलो चरणकाे यो सूचीमा नेपालका विपिन जोशीको नाम भने छैन ।

प्रतिक्रिया