२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट
मेरोन्यूज
२०८१ माघ १० गते ९:५८

काठमाडौं । २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरू हुदैँछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप उदघाटन खेलमा आज ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुरू हुनेछ । आजवाट सुरु भइ सो प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।
सम्बन्धित








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया