२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट
मेरोन्यूज
२०८१ माघ १० गते ९:५८

काठमाडौं । २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरू हुदैँछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप उदघाटन खेलमा आज ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुरू हुनेछ । आजवाट सुरु भइ सो प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।
सम्बन्धित
















ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया