शनिबार, वैशाख ५, २०८३

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ : हिक्मतकुमार कार्की

मेरोन्यूज २०८१ फागुन १ गते २०:०६

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न अभियान नै चलाउनुपर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार ‘बालविवाह विरुद्ध प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको नियन्त्रणमा सबै जिम्मेवार पूर्वक लाग्नुपर्नेमा जोड दिए । उनले बाल विवाह सामाजिक समस्या र कानुनी अपराध भएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको जानकारी दिए । उनले प्रदेशमा बाल विवाह अन्तका लागि काम गरिएको बताउँदै कतिपय दुर्गम स्थानमा यो समस्या विद्यमान रुपमा देखिएकाले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए ।

सरकारको सन् २०३० सम्म बाल विवाह मुक्त गर्ने लक्ष्य रहेको छ । प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बाल विवाह समाप्त गर्ने प्रतिबद्धता उल्लेख छ । हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्री सरकारका मन्त्री प्रमुख सचिव, सचिव एवं सामाजिक अभियन्ता र विद्यालयका बालबालिकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया