रासस पत्रकारिता पुरस्कार गिरी र भट्टराईलाई

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार २०८१’ रासस केन्द्रीय कार्यालयका नेपाली समाचार सम्पादक विक्रम गिरी र फोटाेशाखाका सम्पादक किरण भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
महासङ्घ प्रतिष्ठान शाखाको आज बसेको बैठकले उनीहरुलाई पुस्कार प्रदान गर्ने निर्णय गरेको प्रष्ठिानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
सो पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील गिरी नेपाल पत्रकार महासङ्घ दार्चुला शाखाका संस्थापक अध्यक्ष पनि हुन् । भट्टराई विगत दुई दशकदेखि पत्रकारितामा आबद्ध छन् ।
यसैगरी, ‘उमाकान्त–गीतादेवी–स्मृति पुरस्कार’ राससको दाङस्थित जिल्ला समाचारदाता सुशीला ओलीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
पुरस्कारको राशि रु पाँच हजार रहेको छ । लुम्बिनी प्रदेश कार्यालय दाङका उपसमाचारदाता नारायणी रजौरेले आफ्ना, माता, पिता र भाइको सम्झनामा २०६६ फागुन ७ गते पुरस्कार स्थापना गरेको हो ।
त्यसैगरी प्रतिष्ठान शाखाले तीन दशकभन्दा धेरै समय राससको सेवामा संलग्न पूर्वमहाप्रबन्धक रामकुमार कोइरालालाई पूर्वकर्मचारीका तर्फबाट प्रदान गरिने ‘रासस सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरिएको छ ।
कोइरालालाई कदरपत्र र दोसल्लासहित सम्मान गरिनेछ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते ती पुरस्कार प्रदान गरिनेछ ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया