ओडिसामा नेपाली विद्यार्थीको कक्षा र छात्रावास व्यवस्था गर्न विश्वविद्यालय तयार : नेपाली दूतावास

काठमाडौँ।भारतीय राज्य ओडिसास्थित कलिङा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालन एवं छात्रावासको व्यवस्था गर्ने जनाएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीको सुरक्षाका लागि गरेको पहलपछि विश्वविद्यालयले यस्तो बताएको हो।
‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विश्वविद्यालयले बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको दूतावासले जनाएको छ।
यो घटनाका सम्बन्धमा नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं ओडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै दूतावासले ती निकायहरूबाट आवश्यक सहयोग प्राप्त भइरहेको जनाएको छ।
प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरूलाई केही समस्या भए दूतावासको ईमेल वा हटलाइन नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।










दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया