नेपाल चिनाउन टेक्ससमा ‘नेपाल उत्सव’

काठमाडौँ । अमेरिकाकाे टेक्ससको राजधानी अस्टिनमा आइतबार नेपाल उत्सव (नेपाल डे परेड) मनाइएको छ । नेपाली कला, संस्कृतिको प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन टेक्ससमा विभिन्न सामाजिक संस्थाले नेपाल डे परेडको आयोजना गरेका हुन् ।
कार्यक्रममा सहभागी हुन ड्यालस, ह्युस्टन, लबक, सानान्टनियोबाट दर्जनौँ नेपाली अस्टिन आइपुगेका थिए । अस्टिनको हट्टोसिटी भवन प्राङ्गणमा जम्मा भएका नेपालीहरू मौलिक पोशाकमा सजिएर सांस्कृतिक झाँकी, ढिकीजाँतो, नेपाली मठमन्दिरलगायत कलात्मक प्रदर्शनीसहित परेडमा सहभागी भएका थिए ।
नेपाल डे परेडको मुख्य आकर्षण नेपाली पन्चेबाजा रहेको थियो । नेपाली पन्चेबाजाको धुनमा ‘यो नेपाली शीर उचाली…’ गीत घन्किँदा परेडमा सहभागी नेपालीहरू छमछमी नाचेका थिए । परेडका क्रममा प्रदर्शन गरिएको कला र संस्कृति स्थानीय अमेरिकी समुदायले रुचिपूर्वक अवलोकन गरेका थिए । नेपालीलाई हौसला दिन अस्टिनस्थित हट्टोसिटीका मेयर माइक स्नाइडरलगायत स्थानीय जनप्रतिनिधि, युलेश सिटीका उपमेयर टीका पौडल परेडमा नेपालीसँगै सहभागी भएका थिए ।
नेपाल डे परेडमा सहभागी अस्टिनस्थित हट्टो शहरका मेयर स्नाइडरले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै हट्टोसिटीमा बसोबास गर्ने संसारभरका मानिसहरूले हट्टो विविधतायुक्त शहर भएको धारणा व्यक्त गरेका छन् । उनले हट्टोसिटीले संसारभरमा मानिस बसोबास गर्ने भएकाले हट्टोसिटीले बिभिन्न देशका २२ वटा भाषामा कार्यक्रम सञ्चालन गरिरहेको समेत बताए ।
परेडपश्चात ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स)को प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा आयोजकका तर्फबाट ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष विदुर खतिवडा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज ह्युस्टनका सल्लाहकार द्रोण गौतम, युलेश सिटीका उपमेयर टीका पौडेलले नेपाली समुदायको यस्तो ऐतिहासिक जमघटले प्रवासी नेपालीहरूको आत्मसम्मान बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया