देशमा एमालेकरण भइरहेको शेखर कोइरालाकाे आराेप
मेरोन्यूज
२०८१ फागुन ६ गते १२:५६

काठमाडौं। नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र र स्थानीय तहसम्मका सरकार सञ्चालनका लागि सत्तारुढ दलको संयन्त्रको विरोध गरेका छन् ।
नेपाल प्रेस युनियनहरूको जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै उनले संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको बताए। संयन्त्रमार्फत सरकार चलाउने कदम गलत भएको उनले बताए ।
‘संयन्त्रमार्फत सरकार चलाउने काम कम्युनिस्टहरूले मात्रै गर्छन् । लोकतन्त्रमा यस्ता संयन्त्रले देश चलाउँदैन । केन्द्रमात्रै होइन स्थानीय तह पनि संयन्त्रबाट चलाउन लागिरहेको छ । मलाई संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको छ की भन्ने चिन्ता लागेको छ,’ उनले भने ।
सम्बन्धित
प्रतिक्रिया