बर्जर जेन्सन एण्ड निकोल्सनले प्राप्त गर्यो आईएसओ प्रमाणपत्र

काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागिआईएसओ ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।
TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गर्दछन् । यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्दछन् ।
बर्जर नेपालका कन्ट्री मेनेजरले भने, “हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौं । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।”
यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुन: पुष्टि गर्न सफल भएको छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया