सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह

कैलाली । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन् ।
टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले शैक्षिकस्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।
“टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालयतहदेखि शिक्षा दिनु आजको आवश्यकता हो”, उपप्रधानमन्त्री सिंहले भने । उनले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिए ।
टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै उनले शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उहाँले धारणा राखे । “केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु”, उनले भने।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
प्रतिक्रिया