शुक्रबार, फागुन २९, २०८२

पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ

मेरोन्यूज २०८१ फागुन ९ गते २१:५०

काठमाडौँ । पैदलयात्रीलाई ठक्कर दिई सवारीसाधनसहित फरार भएका एक युवक पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार बिहान ७ बजे काठमाडौँको कलङ्कीस्थित दृष्टि आँखा अस्पताल अगाडि धादिङको गङ्गाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय सानु गुरुङलाई रोलरले ठक्कर दिएर फरार भएका मकवानपुरको थाहा नगरपालिका–५ का १८ वर्षीय उमेश स्याङताङलाई काठमाडौँ प्रहरीले नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको हो।

गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा वल्र्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया