धनगढीमा राप्रपाको बाइक र्याली

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन् ।
‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका छन् र यसको अन्तिम नतिजा चैतमा काठमाडौंमा देखिने छ,’ महामन्त्री राणाले राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै मंगलबार भने ।
राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ । यस पटकको आन्दोलन निर्णायक हुने पार्टीको दाबी छ ।
राप्रपाले नेपाली जनता, सेना र प्रहरी मार्ने मराउने काम नगर्ने प्रष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट, जनताको बलबाट गणतन्त्र, संघीयता र धर्म निरपेक्षता खारेज गर्ने राणाले बताए । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य स्थापना गर्ने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले गणतन्त्र, संघीयता र भ्रष्टाचारले देशलाई संकटमा धकेलेको, ऋणभार बढाएको र टाँट हुने स्थिति सिर्जना गरेको बताए । अतरियाबाट धनगढीसम्म संचालन गरिएको मोटरसाइकल र्याली कोणसभामा परिणत भएको थियो ।
गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी शक्ति सबै एकजुट भएर देशलाई बेथितिबाट मुक्त गर्नु पर्ने उनको जोड थियो । ‘राजसंस्था र सनातन हिन्दु अधिराज्यका समर्थक, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट भएर देश बचाउने अभियानमा लाग्नु पर्दछ । राजसंस्था स्थापनाका लागि जाग्न जरुरी भइसक्यो,’ राणाले भने ।
पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो । ‘संघीयता र धर्म निरपेक्षता आयातित डलरको बलमा लादिएको अब प्रष्ट भइसकेको छ । यो कुरा नेपाली जनता कसैले पनि मन पराएका छैनन्,’ राणाले भने । लाखौं जनतालाई मारमा पार्ने सहकारी ठगीलाई ठेगान लगाउने र भ्रष्टाचारी नेताहरुलाई राज्यबाट अलग गर्ने नेता राणाले उद्घोष गरे । ‘कलकारखाना बन्द भएका छन् । युवाहरु बेरोजगार बस्नुपर्ने स्थिति बनाइएको छ । सहकारी ठगीले लाखौंको उठिबास भएको छ,’ उनले भने ।















सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया