सोमबार, वैशाख ८, २०८२

अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिद्वारा पशुपतिमा निशुल्क खानेपानी वितरण

मेरोन्यूज २०८१ फागुन १४ गते १५:१८

काठमाडौं । अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरेकाे छ ।

क्रान्तिकारीले मन्दिर परिसरमा स्टल राखेर खानेपानी वितरण गरेकाे हो ।

क्रान्तिकारीकाे विदेशी विश्वविद्यालय समितिका अध्यक्ष सशांक जैशीले मन्दिरमा आउने भक्तजनलाई खानेपानीकाे अभाव नहाेस् भन्ने उद्धेश्यले पानी वितरण गरिएको बताए ।

आज लाखौं भक्तजन मन्दिरमा आएकोले सामाजिक सेवाभावका साथ पानीको सहज आपूर्तिका लागि आफुहरुले सहयोग गरेको उनकाे भनाइ छ ।

क्रान्तिकारीले पशुपतिमा पहिलोपटक महाशिवरात्रीमा निशुल्क खानेपानी वितरण गरेकाे समेत जैशीले जानकारी दिए ।

मालिकादेवी कृपा फाउन्डेसनको साैजन्यमा क्रान्तिकारीले पिउने पानी वितरण गरकाे हाे । क्रान्तिकारीकाे याे कार्यलाई सृजनात्मक कार्यकाे रुपमा लिइएको छ ।

प्रतिक्रिया