दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने

काठमाडौं । बेलबारी नगरपालिकास्थित तमु बुद्धिस्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा यही फागुन १६ देखि २० गतेसम्म दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरूवात गरेको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप यसवर्ष यहाँ प्रदर्शनी हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान आयोजक तथा बेलबारी प्रज्ञाप्रतिष्ठान सहआयोजक रहने कार्यक्रममा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोग रहेको छ । प्रदेशका १४ वटै जिल्लाका सबै विधाका कलाकारको सहभागिता रहने प्रदर्शनीमा एक सय ८६ जना कलाकारका दुई सय २१ कलाकृति सामेल गरिएको परिषद् सदस्य तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कोशी प्रदेश संयोजक प्राज्ञ सञ्जय बान्तवाले जानकारी दिए ।
उनले समसामयिक मूर्तिकला १८ वटा, समसामयिक चित्रकला एक सय २०, परम्परागत चित्रकला ५, हस्तकला ३५, फोटोग्राफी कला १६ तथा लोककला २८ वटा रहने बताए । छनोट भएका कलाकृति राष्ट्रिय प्रदर्शनीमा पनि समावेश हुने जनाइएको छ । साथै प्रदर्शित कलाकृतिमध्येबाट एकजनालाई रु ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा रु २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका चार जना सर्जकलाई सम्मान गरिने छ । कार्यक्रमका प्रचारप्रसार संयोजक विकास बुढाथोकीले प्रदर्शनी अवधिभर १५ हजारभन्दा बढी दर्शकहरूलाई अवलोकन गराउने लक्ष्य लिइएको बताए ।


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया