आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछ । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ ।
शुक्रबार २१५२औँ ग्याल्पो ल्होसार हो । यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।
शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ । पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा जाने चलन छ । त्यहाँ गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । यो दिन अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् ।
पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
शेर्पा समुदायमै पनि कतिपयले एक महिनाअघि नै ल्होसार मनाइसकेका छन् । सोनम ल्होसारकै दिन एक महिनाअघि ल्होसार मनाइएको हो ।
ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ ।















मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया