शुक्रबार, पुष ४, २०८२

एकैदिन २२ सयले घट्याे सुनको भाउ, तोलाको कति ?

मेरोन्यूज २०८१ फागुन १६ गते ११:३९

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेकाे छ ।

आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया