रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती

जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ।
चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो। अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो।
बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युत्को लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह बन्द भएको तिला–२ का वडाध्यक्ष चन्द्र बोहोराले बताए।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको भन्दै केही साताभित्र विद्युत्को लाइन जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिए।
“बर्थिङ सेन्टरलाई आवश्यक पर्ने स्रोतसाधन र बजेटको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको हो। यहाँबाट उपलब्ध सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयलाई सास्ती भइरहेको छ”, उनले भने।
तत्काल बर्थिङ सेन्टर सञ्चालन गरी स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताए।
“उक्त सेन्टर सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेका छौँ। अहिले पालिकाको एम्बुलेन्सले सुत्केरीलाई निःशुल्क रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने र पु¥याउने गरिरहेको छ”, उनले भने।
अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयलले गुनासो गरेका छन्।
रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टरका लागि नयाँ भवन निर्माण सम्पन्न भइसकेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे। यसअघि यहाँ तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो। गत आर्थिक वर्षमा २२ जनाले सुत्केरी सेवा लिएका जनाउँदै उहाँले चालु आवमा कसैले पनि सेवा नलिएका बताए।
पुरानो र जीर्ण भवनबाट लामो सयमसम्म सेवा दिएको बर्थिङ सेन्टरको सुविधासम्पन्न भवन निर्माणका लागि सेवा बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हर्क रावतले बताए।
यहाँबाट दिइने सेवा बन्द भएपछि गर्भवती र सुत्केरीले सास्ती खेप्नुपरेको तिला–१ वडाध्यक्ष जङ्गबहादुर बस्नेतको भनाइ छ। उनका अनुसार गत वर्षको जेठदेखि चालु आवको हालसम्म बर्थिङ सेन्टर बन्द हुँदा यहाँका सेवाग्राही प्रसूति सेवाका लागि सदरमुकाम र बाहिर जान बाध्य भएका छन्।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया