कोशी प्रदेशसभाः प्रतिस्थापन विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
यसअघि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक पेस गरेका हुन् ।
मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधिक त्रुटीलाई सच्याउन र विपद्का कारण क्षति भएका संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए ।
शुन्य समय
कोशी प्रदेशसभा सदस्य विनोद राई, गोबिन्द गिरी, गणेशप्रासद उप्रेती, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याबारे सदनको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया