स्ववियु निर्वाचन : नेविसंघले तोक्यो १४ समितिका संयोजक

काठमाडौं । ५ चैतमा हुन लागेको स्ववियु निर्वाचन तयारीका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १४ समिति गठन गरेको छ ।
निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको हो ।
जसअनुसार अन्तरविद्यार्थी संगठन समन्वय समितिको संयोजकमा पंकजकुमार क्षेत्री, प्रचार प्रसार समितिको संयोजकमा यङजोर कार्की, अनुगमन समितिको संयोजकमा आदर्श मल्ल, घोषणापत्र तयारी समिति संयोजकमा विकल राई तोकिएका छन्।
यस्तै उपत्यका समन्वय तथा स्वयम्सेवक परिचालन समिति संयोजकमा निश्चल महर्जन, प्राध्यापक तथा कर्मचारी समन्वय समिति संयोजकमा दिपक ओझा, विश्वविद्यालय समन्वय समिति संयोजकमा शरणकुमार बस्नेत, निर्वाचन साक्षरता तथा अभिमुखीकरण संयोजकमा सुशान्त आचार्य, जिल्ला तथा सम्पर्क समन्वय समिति संयोजकमा रामचन्द्र भण्डारी, सुरक्षा निकाय एवम् प्रशासन समन्वय समिति संयोजकमा विजय ढुंगाना र सामाजिक संघसंस्था तथा समूह समन्वय समिति संयोजकमा आदित्यकुमार दास तोकिएका छन् ।
स्वास्थ्य सहायता समितिमा सुमित बोहरा, नीति तथा रणनीति समितिमा अमृत उप्रेती र मत सर्वक्षण तथा विश्लेषण समितिकोमा महेश्वर पौडेललाई संयोजक तोकिएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया