स्ववियु निर्वाचन : नेविसंघले तोक्यो १४ समितिका संयोजक

काठमाडौं । ५ चैतमा हुन लागेको स्ववियु निर्वाचन तयारीका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १४ समिति गठन गरेको छ ।
निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको हो ।
जसअनुसार अन्तरविद्यार्थी संगठन समन्वय समितिको संयोजकमा पंकजकुमार क्षेत्री, प्रचार प्रसार समितिको संयोजकमा यङजोर कार्की, अनुगमन समितिको संयोजकमा आदर्श मल्ल, घोषणापत्र तयारी समिति संयोजकमा विकल राई तोकिएका छन्।
यस्तै उपत्यका समन्वय तथा स्वयम्सेवक परिचालन समिति संयोजकमा निश्चल महर्जन, प्राध्यापक तथा कर्मचारी समन्वय समिति संयोजकमा दिपक ओझा, विश्वविद्यालय समन्वय समिति संयोजकमा शरणकुमार बस्नेत, निर्वाचन साक्षरता तथा अभिमुखीकरण संयोजकमा सुशान्त आचार्य, जिल्ला तथा सम्पर्क समन्वय समिति संयोजकमा रामचन्द्र भण्डारी, सुरक्षा निकाय एवम् प्रशासन समन्वय समिति संयोजकमा विजय ढुंगाना र सामाजिक संघसंस्था तथा समूह समन्वय समिति संयोजकमा आदित्यकुमार दास तोकिएका छन् ।
स्वास्थ्य सहायता समितिमा सुमित बोहरा, नीति तथा रणनीति समितिमा अमृत उप्रेती र मत सर्वक्षण तथा विश्लेषण समितिकोमा महेश्वर पौडेललाई संयोजक तोकिएको छ ।









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया