आजिख्य रहाने बने कोलकोताको कप्तान

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले सिनियर खेलाडी आजिख्य रहानेलाई आफ्नो कप्तान बनाएको छ ।
कोलकोताले सोमबार आजिख्यलाई २०२५ सिजनका लागि कप्तान बनाएको जानकारी दिएको हो । त्यस्तै कोलकोताले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ ।
आजिख्यलाई कोलकोताले अक्सनबाट डेढ करोड भारुमा लिएको थियो ।
गत सिजन कोलकोताको कप्तानी गरेका श्रेयस अय्यरलाई रिलिज गरेपछि कोलकोताको कप्तान को बन्ने भन्ने बारे अनेकौ अड्कलबाजी भएका थिए । ३६ बर्षिय रहाने यस अघि मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् भने २०२२ मा कोलकोताबाट पनि आइपिएल खेलेका थिए । उनी हाल मुम्बईको रणजी टिमको कप्तान पनि हुन् ।
यस सिजनको आइपिएल यहि मार्च २२ देखि शुरु हुदै छ । कोलकोताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ ।















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया