आजिख्य रहाने बने कोलकोताको कप्तान

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले सिनियर खेलाडी आजिख्य रहानेलाई आफ्नो कप्तान बनाएको छ ।
कोलकोताले सोमबार आजिख्यलाई २०२५ सिजनका लागि कप्तान बनाएको जानकारी दिएको हो । त्यस्तै कोलकोताले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ ।
आजिख्यलाई कोलकोताले अक्सनबाट डेढ करोड भारुमा लिएको थियो ।
गत सिजन कोलकोताको कप्तानी गरेका श्रेयस अय्यरलाई रिलिज गरेपछि कोलकोताको कप्तान को बन्ने भन्ने बारे अनेकौ अड्कलबाजी भएका थिए । ३६ बर्षिय रहाने यस अघि मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् भने २०२२ मा कोलकोताबाट पनि आइपिएल खेलेका थिए । उनी हाल मुम्बईको रणजी टिमको कप्तान पनि हुन् ।
यस सिजनको आइपिएल यहि मार्च २२ देखि शुरु हुदै छ । कोलकोताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया