माओवादी आक्रमणबाट ध्वस्त भएको अछाम दरबार २३ वर्षपछि ठडियो, १६ वर्षपछि उद्घाटन

अछाम। अछाम दरबारको उद्घाटन गरिएको छ ।
सोमबार दरबारको एक कार्यक्रमकाबीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । दरबारको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरे ।
शहरी विकास मन्त्रालयले दरबारको पुनर्निर्माण गरेको थियो । दरबारको उद्घाटन गर्दै सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास तथा बिस्तार गर्न आवश्यक रहेको बताए । ती सम्पदालाई आम्दानीको स्रोत बनाउन सकिने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक दरबार पुरानै स्वरुपमा देखिएको छ । दुई करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको दरबार तीन सय २० वर्गमिटरमा बनेको छ ।
दरबार निर्माणको काम २०६७ सालमा सम्पन्न गर्न राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुवँर गरी पाँचवटा निर्माण कम्पनीसँग २०६५ सालमा सम्झौता भएको थियो । तर, दरबार निर्माणमा थप १४ वर्ष लागेको हो । ४ फागुन २०५८ मा तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट अछाम दरबार ध्वस्त भएको थियो । त्यो समयमा मंगलसेन बजारको बीचमा रहेको दरबारमा जिल्लास्थित सरकारी कार्यालय थिए ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसँगै ५३ सेना, ५९ प्रहरी, दुई निजामती कर्मचारी र आठ सर्वसाधारण गरी एक सय २२ जनाको ज्यान गएको थियो । अछाम दरबारको झण्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको थियो ।















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया