परराष्ट्रमन्त्री डा.राणा बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा

बुटवल । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् ।
मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीको बारेमा जानकारी लिइन ।
उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका पछिल्ला काम र विकासका बारेमा जानकारी दिएका थिए । मन्त्री राणसँगै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाको समेत सहभागिता रहेको थियो । परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेसका क्षेत्रीय सभापतीहरुको रुपन्देहीको भैरहवामा भएको भेलामा सहभागि हुन आएको बेला बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी हुन् ।
भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य, सुरक्षा अधिकृत खगेन्द्र काफ्लेको सहभागिता रहेको थियो ।
















रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया