स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट (बागलुङ)। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताएका छन्। अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले संकल्प गरेको उनले उल्लेख गरे।
नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत आज बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताए। अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उनको भनाइ थियो।
महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) को दोष एमाले र कांग्रसले लिन नसक्ने बताए। अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उनको भनाइ थियो। राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उनले बताए।
जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रमपछि पार्टी गतिविधि र संगठन सुदृढीकरणलाई वडा हुँदै टोल तहमै पुर्याइने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए।
















रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया