नमो बुद्ध नगरपालिकाद्धारा नेपाल समाचारपत्रकर्मी तिमल्सिना सम्मानित

काभ्रे ।११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमो बुद्ध नगरपालिकाको कार्यालयमा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिनालाई सम्मान गरेको छ ।
नमो बुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले पत्रकार तिमल्सिनालाई पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याउने सघर्षसिल महिला भन्दै दोसल्ला ओढाई कदरपत्रद्धारा सम्मान गरेका छन् । सोही अवसरमा नमो बुद्ध नगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकृष्ण उपाध्यायलाई वडामा उत्कृष्ट काम गर्न सफल वडा अध्यक्ष भएको भन्दै प्रशंसा गर्दै दोसल्ला र कदरपत्रद्धारा सम्मान गरे ।
महिला दिवसका अवसरमा नमो बुद्ध नगरपालिकाले तीन दशक लामो पत्रकारिता क्षेत्रमा सक्रिय रही पत्रकारिताको माध्यमबाट महिलाका आवाजलाई प्रतिनिधित्व गर्दै समाजमा पुर्याएको योगदानको उच्च कदर सहित सम्मान गरिएको र आगामी दिनमा थप साथ र सहयोग पाइरहने विश्वास लिएको कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया