नमो बुद्ध नगरपालिकाद्धारा नेपाल समाचारपत्रकर्मी तिमल्सिना सम्मानित

काभ्रे ।११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमो बुद्ध नगरपालिकाको कार्यालयमा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिनालाई सम्मान गरेको छ ।
नमो बुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले पत्रकार तिमल्सिनालाई पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याउने सघर्षसिल महिला भन्दै दोसल्ला ओढाई कदरपत्रद्धारा सम्मान गरेका छन् । सोही अवसरमा नमो बुद्ध नगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकृष्ण उपाध्यायलाई वडामा उत्कृष्ट काम गर्न सफल वडा अध्यक्ष भएको भन्दै प्रशंसा गर्दै दोसल्ला र कदरपत्रद्धारा सम्मान गरे ।
महिला दिवसका अवसरमा नमो बुद्ध नगरपालिकाले तीन दशक लामो पत्रकारिता क्षेत्रमा सक्रिय रही पत्रकारिताको माध्यमबाट महिलाका आवाजलाई प्रतिनिधित्व गर्दै समाजमा पुर्याएको योगदानको उच्च कदर सहित सम्मान गरिएको र आगामी दिनमा थप साथ र सहयोग पाइरहने विश्वास लिएको कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ ।














नेकपा र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया